काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनको हाइनान टापुमा लकडाउन घोषणा गरिएको छ । लडाउनका कारण हजारौं पर्यटक अलपत्र परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हाइनान टापुको सान्या शहरमा उडान र रेल सेवा बन्द गरिएको थियो । शहरमा ८० हजारभन्दा बढी पर्यटक रोकिएका छन् । महामारी शुरु भएदेखि हालसम्म चीनमा कुल २ लाख ३० हजार ८८६ जना कोभिड १९ बाट संक्रमित भएका छन् ।




