समाचार

गाजामा इजरायलको आक्रमण, ३२ जनाको मृत्यु

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकू विरुद्ध कारबाही गरेको गरेको बताएको छ ।आक्रमणमा जिहादका नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि मारिएको इजरायलको दाबी छ ।

मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । २०२१ मेमा ११ दिनसम्म चलेको लडाईँपछि इजरायलले सबैभन्दा ठूलो कारबाही सुरु गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *