काठमाडौं । चिलीमा रहस्यमयी खाडल भेटिएको छ ।
राजधानी सान्टियागोबाट ६ सय ६५ किलोमिटर उत्तरतर्फ खाडल भेटिएको हो । करिब २ सय मिटर गहिरो खाडलको अध्ययनका लागि चिलिको भूभर्भ विभागले टोली पठाएको जनाइएको छ ।
विज्ञहरु सहभागी टोलीले खाडलका बारेमा अध्ययन शुरु गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।




