समाचार

चीनले १६ अल्पविकसित देशहरूलाई शून्य ट्यारिफ व्यवस्था गर्ने

बेइजिङ । चीनले विभिन्न १६ अल्पविकसित देशहरूमा उत्पन्न हुने करयोग्य वस्तुहरूमा कर लाग्ने ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने भएको छ ।

राज्य परिषदको भन्सार शुल्क आयोगले सोमबार जारी गरेको विज्ञप्तिमामार्फत सो बारे जानकारी गराइएको छ ।

सेप्टेम्बर १ मा लागू हुने सो नीतिले ती देशहरूसँग बजारका विभिन्न अबसरहरू आदान-प्रदान गर्न र साझा विकासको लागि जोड दिदै मानव जातिको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने पनि विज्ञप्तिमा भनिएको छ।

चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अल्पविकसित देशहरूमा यो व्यवस्था क्रमशः विस्तार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *