विश्व

न्युजिल्यान्डको सिमाना महामारीपछि पूर्ण रूपमा पुनः खोलियो

न्युजिल्यान्ड।सन् २०२० को मार्चमा कोभिड महामारीले बन्द न्युजील्याण्डको सिमाना सोमबार विश्वभरका आगन्तुकहरूको लागि पूर्णरूपमा पुनः खुला भएको छ ।  न्युजील्याण्डका सीमाहरू फेब्रुवरीमा न्यूजील्याण्डका लागि पुनः खोलिएको थियो । देशमा कोभिडविरुद्धका प्रतिबन्धहरू क्रमशः सहज भएका छन् । 

भिसा चाहिने आगन्तुकहरू र विद्यार्थी भिसामा रहेकाहरूलाई पनि न्युजिल्यान्ड फर्कन अनुमति दिइएको छ । न्युजील्याण्डले अब आफ्नो बन्दरगाहहरूमा क्रुज जहाजहरू र विदेशी मनोरञ्जन याटलाई पनि अनुमति दिइरहेको छ । 

अन्तर्राष्ट्रिय विद्यार्थीले न्यूजील्याण्डको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । पुनः सीमा खोलिएसँगै  देशभरका स्कूल र विश्वविद्यालयहरूलाई फेरि बढावा दिने शैक्षिक प्रदायकहरूले आशा राखेका छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *