खेलकुद

इङल्याण्डले जित्यो महिला युरोको उपाधि

काठमाडौँ । इङल्याण्डले महिला युरो च्याम्पियनसिपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा इङल्याण्डले जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै महिला युरोको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेल ३० मिनेट अतिरिक्त समयमा खेलाइएको थियो ।

इङल्याण्डका लागि खेलको ११०औँ मिनेटमा चलोए केलीले निर्णायक गोल गर्दै उपाधि जिताएकी थिइन् ।

यस अघि खेलको ६२औँ मिनेटमा इङल्याण्डका लागि इला टोनेले शुरुवाती गोल गरेकी थिइन् भने खेलको ७९औं मिनेटमा जर्मनीकी लिना मगुलीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।

योसँगै इङल्याण्डले पहिलो पटक महिला युरोको उपाधि जितेको छ । यस अघि दुई पटक फाइनलमा पुगेको इङल्याण्ड नवौं पटक युरो खेल्दा उपाधि जितेको छ ।

त्यस्तै यस अघि ८ पटक महिला युरोको उपाधि जितेको जर्मनीले यस पटक भने उपविजेतामा चित्त बुझाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *