काठमाडौं । रुसका रक्षामन्त्रीले डोनेट्स्क क्षेत्रमा युक्रेनीहरूले बमबारी गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको बताएका छन् ।
बन्दी शिविरमा भएको रकेट हमलामा अन्य ७५ जना घाइते भएको उनले बताएका छन् । युक्रेनको सेनाले आफूले त्यस्तो हमला नगरेको बरु रुसले कारागारमा बमबारी गरेको आरोप लगाएको छ।
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोल्याकले रुसी आरोपहरू निन्दनीय र झुटा भएको र युक्रेनी अधिकारीलाई बदनाम गर्ने नियतले गरिएको बताएको वीवीसीले समाचार लेखेको छ ।




