खेलकुद

पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा श्रीलंकाको फराकिलो जित

काठमाडौं । श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट २४६ रनले जितेको छ ।

टेस्टको पाँचौं दिन ५०७ रनको विशाल लक्ष्य पछाएको पाकिस्तान आफ्नो दोस्रो इनिंगमा २६१ रनमै अलआउट भएपछि श्रीलंकाले फराकिलो जित हासिल गरेको हो ।

श्रीलंकाले पहिलो इनिंगमा ३७८ र दोस्रो इनिंगमा ८ विकेट गुमाउदै ३६० रन बनाएर पारी घोषित गरेको थियो ।

त्यस्तै पाकिस्तानले आफ्नो पहिलो इनिंगमा २३१ र दोस्रो इनिंगमा २६१ रन मात्र बनाएको थियो ।

योजितसँगै श्रीलंकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिज १-१ ले बराबरी गरेको छ । यस अघि पहिलो टेस्ट पाकिस्तानले जितेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *