काठमाडौं । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणको विषयलाई लिएर चीन आक्रोशित भएको छ ।
पेलोसीले ताइवान भ्रमण गरेमा त्यसको गम्भीर परिणामरहरू आउने चेतावनी चीनले दिइसकेको छ । भ्रमण भए राष्ट्रपतिपछिको दोस्रो वरीयतामा पर्ने पेलोसी सन् १९९७ पछि टापु राष्ट्र ताइवानको भ्रमण गर्ने अमेरिकाको शीर्ष राजनीतिक व्यक्तित्व हुनेछिन् ।
चीनले स्वायत्त शासित ताइवानलाई आफ्नो भूमिबाट टुक्रिएको एउटा प्रान्तको रूपमा लिँदै त्यसलाई चिनियाँ मुख्य भूमिमा गाभिनुपर्ने बताउँदै आएको छ ।
यता पेलोसीको सम्भावित ताइवान भ्रमण र चीनले गर्नसक्ने निर्णयलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा कडाई गर्ने तयारी अमेरिकी सुरक्षा निकायले शुरु गरेको छ ।




