देश

वडाध्यक्षलाइ खुकुरी प्रहार गर्ने दुईजना पक्राउ 

काठमाडौं । वडाध्यक्षलाइ खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।  जाजरकोट बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाइ साउन ९ गते  खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले बारेकोट– ६ का टेकेन्द्र नेपाली र अविनास विकलाइ पक्राउ गरेको हो । 

उनीहरुलाइ कुशे गाउँपालिका– ५ बाटुलेबाट पक्राउ गरिएका जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । घाइते वडाध्यक्ष महतारालाइ टाउकोमा सात टाँका लगाएर कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *