समाचार

बंगलादेशले टि-२० विश्वकप आयोजना गर्ने

नयाँदिल्ली । बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टि २० विश्व कप आयोजना गर्ने भएको छ । साथै, इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले घोषणा गरेको छ ।

भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ । मंगलबार आइसिसिले प्रकाशन गरेको विज्ञप्तिमा भारतले सन् २०१३ पछि पहिलो पटक यो क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको बताइएको छ ।

त्यस्तै, आइसिसिले श्रीलङ्काले सन् २०२७ मा महिला टि २० च्याम्पियन ट्रफिको आयोजना गर्ने भएको हो । आइसिसि बोर्डले प्रतिस्पर्धाका आधारमा ती प्रतियोगिताहरुको आयोजना गर्न दिने गरी छनौट गरेको समाचारमा जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *