काठमाडौँ । भारतको पञ्जाब राज्यमा विद्युत उपभोक्तालाई ३ सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउने अधिसूचना जारी गरिएको छ ।
पञ्जाब स्टेट पावर कर्पोरेशन लिमिटेडले शनिबार एक सूचना जारी गर्दै विद्युत उपभोक्तालाई मासिक ३०० युनिट बिजुली उपलब्ध गराउने घोषणा गरेको छ ।
यसअन्तर्गत घरेलु उपभोक्ताले दुई महिनामा ६ सय युनिट बिजुली खर्च गरेबापत कुनै शुल्क, मिटर भाडा वा कर लाग्ने छैन ।
अनुसूचित जाति, पिछडिएको वर्ग, गरिबी रेखा मुनिका परिवार र स्वतन्त्रता सेनानीका उत्तराधिकारी (नातिनातिना सम्म) लाई नि:शुल्क बिजुली प्राप्त गर्नको लागि घोषणा फारम पेश गर्नुपर्नेछ ।
आम आदमी पार्टीको सरकारले मे देखि पञ्जाबमा प्रत्येक परिवारलाई ३०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको थियो ।




