धरान। नेपाल तामाङ घेदुङको केन्द्रीय सल्लाहकारमा सुजेन्द्र गोले तामाङलाई मनोनित गरेको छ । घेदुङको केन्द्रीय सचिवालयको बैठकले उनलाई सल्लाहकारमा मनोनित गरेको हो ।
नेपाल तामाङ घेदुङमा जिल्ला तहदेखि सकृय रहंदै आएका गोले घेदुङको छैठौं महाधिवेशनमा पूर्वाञ्चल क्षेत्रीय प्रमुख, सातौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष र आठौं महाधिवेशनमा केन्द्रीय सल्लाहकारमा मनोनित भएका थिए ।
घेदुङको गत फागुन २९ देखि चैत्र १ सम्मभएको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित मोहन गोले नेतृत्वको सचिवालयको बैठकले उनलाई पुनः केन्द्रीय सल्लाहकारमा मनोनित गरेको हो ।
गोले नेपाल तामाङ विद्यार्थी घेदुङको पनि तल्लो तहबाटै नेतृत्वदायी भूमिका निर्वाह गर्दै केन्द्रीय उपाध्यक्ष सम्मभएका थिए ।




