काठमाडौं। करिब डेढ दशक अघि नेपालगञ्जबाट प्रसारित हुने एफएमहरूका प्रत्येक फोनईन कार्यक्रममा फोन गरेर सहभागिता जानाउनु श्याम गिरीको देनिकी जस्तै बनेको थियो । प्रत्येक फोनईन कार्यक्रममा फोन गरेर आरजेहरूसँग संवाद गर्नु र गीतहरू रिक्वोष्ट गर्नु गिरीको आदत जस्तै थियो । जसका कारण बाँके जिल्ला र आसपासका क्षेत्रहरूमा एफएमका श्रोताहरू माझ गिरी सुपरिचित भइसकेका थिए ।
गिरीलाई आरजेहरूले ‘रेडियो प्रेमी वान’ भनी सम्बोधन गर्दथे । त्यस पस्चात ‘रेडीयो प्रेमी वान’ नै श्याम गिरीको परिचय बन्न पुग्यो । गिरीलाई बाँके जिल्ला र सो वरिपरी ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने कमै होलान । गिरी पनि आफूलाई ‘रेडियो प्रेमी वान’को नामबाट चिनाउँन रूचाउछन् ।
नेपाल आयल निगमको नेपालगञ्ज डिपोमा २३ बर्षदेखि कार्यरत श्याम गिरी ‘रेडियो प्रेमी वान’ कुनै न कुनै रुपमा सधै चर्चामा आउने गर्छन । सामान्य पारिवारीक पृष्ठभूमीमा हुर्किएका सरल स्वभावका हसिला ‘रेडियो प्रेमी वान’ मोफसलमा रहेर पनि चर्चा बटुल्न सफल छन ।
कुनै समय महिला र पुरूष बीचमा मितेरी गाँसेर चर्चामा थिए ‘रेडियो प्रेमी वान’ । त्यस समयमा विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकाले उनको मितेरी साईनोका सम्बन्धमा प्रमुखताका साथ समाचारका प्रकाशन गर्दै संसारको नै पहिलो पुरूष र महिला बीचको मितेरी साईनो समेत भनेका थिए । त्यस्तै, ‘रेडियो प्रेमी वान’ ले पहिलो पटक केही वर्ष पहिला ‘रेडियो प्रेमी वान’ हे ‘रेडियो प्रेमी वान’ मायाँ तिमी कहाँ छौं’ कहाँ बोलको गीतको शब्द÷रचना गरेका थिए । उनको रचनामा गायक भद्र वलीले आवाज दिएका छन् । यस गीतको रिलिजसँगै ‘रेडियो प्रेमी वान’ ले अर्को चर्चा कमाए । त्यस्तै, उनी पछिल्लो करिब दुई बर्ष देखि टिकटकमा ‘रेडियो प्रेमी वान’ नामको अकाउण्ट ह्याण्डल मार्फत डान्सरका रुपमा समेत चर्चामा रहेका छन् । उक्त ‘रेडियो प्रेमी वान’ नामको अकाउण्ट ह्याण्डलका फलोअर्सको संख्या हाल करिब ५ हजार छ भने उनको टिकटक ह्यान्डललाई अहिलेसम्म ६० हजार भन्दा बढीले लाइक गरिसकेका छन् ।
श्याम गिरी ‘रेडियो प्रेमी वान’ लाई नजिकबाट चिन्ने उनका बालसाखा नेपालगंज निवासी संजय पछाईका अनुसार ‘अत्यन्तै सरल र सांगीतिक स्वभावका गिरीले विगत देखि नै निकै संघर्ष गर्दै आफ्नो कला र गलाको माध्यमबाट आफूलाई सधै चर्चामा राख्दै कलाकारिता क्षेत्रमा स्थापित हुदै आएको बताए’। त्यस्तै, नेपाल आयल निगम नेपालगंजका सहायक प्रवन्धक राजेश पाण्डेका अनुसार गिरीले आफ्नो सांगीतिक कार्यका साथै आफ्नो कार्यालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने गरेको बताए । ‘रेडियो प्रेमी वन’ लाई कला क्षेत्रमा थप सफलताको लागि आफू लगाएत कार्यालयका सम्पूर्ण सहकर्मी कर्मचारीहरूबाट उत्प्रेरित गर्ने गरेको बताए ।
यसै गरी टिकटक प्रयोगकर्ता शरद श्रेष्ठले‘रेडियो प्रेमी वन’ को निकै रमाईलो र भिन्न किसिमको नृत्य तथा अभिनयले आफूलाई मोहित बनाएको र प्रत्येक दिन रात ‘रेडियो प्रेमी वन’ नामक एकाउण्टबाट हुने टिकटक लाईभ आफूले दैनिक हेर्ने गरेको बताए । अर्का एक टिकटक प्रयोगकर्ता सुरज सिहं ठकुरी भन्छन् –‘रेडियो प्रेमी वन’ टिकटक लाईभमा आएर विभिन्न गीतमहरूमा चलनचल्तीका भन्दा भिन्न प्रकारको नृत्य तथा अभिनय प्रस्तुत गर्नुहुन्छ । उक्त नृत्य र अभिनय हेरेर आफूले दिनभरिको थकान मेट्ने गरेको बताउछन । ‘रेडियो प्रेमी वान’ टिकटक ह्यान्डलमा उनले दजनौं गीतहरुमा उनले नृत्य तथा अभिनय प्रस्तुत गरेर अहिले उनले देश विदेशमा चर्चा बटुलिरहेका छन् । उनको कपाल, शारीरिक बनावट र जुनसुकै गीतहरुमा पनि सहजै विभिन्न विधाका भिन्न प्रकारका नृत्य तथा अभिनय प्रस्तुत गर्न सक्ने गिरीलाई टिकटकमा धेरैले पछ्याएका छन् ।‘आहा ! लाखौं ताराको बीचमा चन्द्रमाको प्रकाश फैलिए झैं टिकटकभरी हजुरको कलाको जादु फैलिएको छ । यहाँको कलाले अझ सफलता हासिल गरोस् शुभकामना’ रितिका खनाल नामको एक टिकटक प्रयोगकर्ताले गिरीको नृत्यको प्रशंसा गर्दै कमेन्टमा भनेकी छन् । नेत्र भण्डारी नामको अर्का एक टिकटक प्रयोगकर्ताले कमेन्ट गरेका छन्‘ तपाईको नृत्य र अभिनय भिन्न छ । तपाईको नृत्य सर्वोत्कृष्ट सवैका लागि नहोला तर रमाईलो र मौलिकपन छ । यसलाई सदैव कायम राख्दै अझ उत्कृष्ट कला प्रस्तुत गर्न सफलता मिलोस् शुभकामना’!
आफ्नो नृत्य कलाको बारेमा‘रेडियो प्रेमी वन’ भन्छन कला भनेको साधन हो । साधनाले मानिसलाई उर्जा र निखारता प्रदान गर्छ । दिनभरी कार्यालयको काममा व्यस्त हुन्छु । कार्यालयबाट काम सकिएर कतिबेला घर पुगिन्छ त्यसको टुंगो हुदैन । तर राती जतिबेला म घर पुग्छु,त्यसपछि टिकटक लाईभमा नृत्य गर्ने गरेको र नृत्य गरे पछि आफूले फ्रेस महशुस गर्ने गरेको बताए । अहिले टिकटक लाईभमा भिन्न शैलीको डान्स र अभिनय गर्नु आफ्नो दैनिकी नै भई सकेको उनले बताए । टिकटक डान्सर ‘रेडियो प्रेमी वन’ देशविदेशबाट आफ्नो प्रशंसा भएकोमा खुशी व्यक्त गर्दै यसले आफुलाई नृत्य प्रस्तुत गर्न थप हौसला मिलेको बताए । उनले भने, “मेलै बाँके जिल्लालाई देश विदेशमा चिनाउन पाएको छु । यसमा मलाई गर्व लागेको छ ।”
आगामी दिनका योजनाका सम्बन्धमा‘रेडियो प्रेमी वन’ भन्छन् अहिले अरु गीतहरु रचनामा लागि रहेको छु । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री मोदी, कार्टुनका क्यारेक्टर मोटु र पत्लुको क्यारिकेचर समेत गर्ने गरेको छु । छिट्टै मेरो नयाँ गितहरू बजारमा ल्याउने योजनामा छु । साथै, पुरानो गीतलाई नयाँ भर्सनमा रेकर्ड गराएर म्युजिक भिडियो समेत बजारमा ल्याउने योजना सुनाए ।




