समाचार

अमेरिकाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण

न्युयोर्क। अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर–ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको अमेरिकी रक्षा मन्त्रालयले पेन्टागनले जनाएको छ । सन् २०१३ पछि उसको यो तेस्रो सफल परीक्षण हो ।

यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *