समाचार

सर्वदलीय सरकार गठन गर्न विक्रमासिङ्घेको अपिल

काठमाडौँ । श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशमा जारी आर्थिक संकट समाधानका लागि सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् ।

विक्रमासिङ्घेले सबै राजनीतिक दलले आ–आफ्ना मतभेद छाडेर एक व्यक्तिका लागि मात्र देश जल्न नदिने बताए । उनले श्रीलंकामा सर्वदलीय सरकार गठन गर्न अपिल गरेका छन् ।

श्रीलंकालाई संकटबाट निकाल्न यो योजना प्रभावकारी साबित हुन सक्ने विक्रमासिङ्घेले बताए । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग पनि सम्झौता गर्ने प्रयास भइरहेको बताए । यसका साथै अन्य केही देशबाट पनि आर्थिक सहायताका लागि छलफल भइरहेको छ ।

विक्रमासिङ्घेले जुलाई निकै कठिन हुने बताएका छन् । विशेष गरी इन्धन आपूर्ति सुनिश्चित गर्न। डिजेलको मौज्दात संकलन भइसकेको र आपूर्तिको काम पनि भइरहेको उनले बताए । यसका साथै साउन २१ गतेदेखि सर्वसाधारणले पनि पेट्रोल पाउन थालेका छन् ।

उनले अहिले आर्थिक संकटमा परेका परिवारलाई राहत सामग्री पठाइएको बताए । दुई एकडभन्दा कम जमिनमा खाद्यान्न खेती गर्ने किसानको ऋण पनि माफ गरिएको छ । यसबाहेक इन्धनको मूल्य पनि घटाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *