नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा १६ हजार ९३५ जना कोरोनाका सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
यसअघि एक दिनमा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका सो मन्त्रालयले आइतबार जनाएको थियो ।
भारतमा हाल एक लाख ४४ हजार २५४ जना सक्रिय सङ्क्रमित छन् । यो कुल सङ्क्रमितको ०.३३ प्रतिशत भएको जनाइएको छ ।
हाल भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३७ लाख ६७ भन्दा बढी पुगेको छ । पछिल्लो एक दिनमा १६ हजार ६९ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ९७ हजार ५१० पुगेको छ ।
कोरोना भाइरस सङ्क्रमण निको भएको यो दर ९८.४७ भएको जनाइएको छ ।
बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५१ जनाको मृत्यु भएको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार ७६० जनाको मृत्यु भएको छ ।
माहामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो ।
हालसम्म कोरोनाविरुद्ध दुई अर्ब भन्दा बढी मात्रा खोप लगाइएको छ ।




