समाचार

नेपालले तेस्रो विकेट गुमायो, आसिफ आउट

काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

आसिफ शेख ४० रन बनाएर आउट भएसँगैनेपालले तेस्रो विकेट गुमाएको छ ।

यसअघि नेपालले ५.२ ओभरमै कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको थियो । उनी ३ रनमा आउट भएका थिए ।

यस्तै, देव खनाल १० रनमा आउट भएसँगै नेपालले दोस्रो विकेट गुमाएको थियो ।

नेपालले १८.३ ओभरमा ६४ रन बनाएको अवस्थामा तेस्रो विकेट गुमाएको हो ।

अहिले दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल क्रिजमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *