काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
देव खनाल १० रनमा आउट भएसँगै नेपालले दोस्रो विकेट गुमाएको हो ।
यसअघि नेपालले ५.२ ओभरमै कुशल भुर्तेलको रुपमा पहिलो विकेट गुमाएको थियो । उनी ३ रनमा आउट भएका थिए ।
नेपालले १२ ओभरमा ३७ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।
अहिले रोहित पौडेल र आरिफ शेख क्रिजमा छन् ।




