खेलकुद

स्कटल्याण्डविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको चौथो खेलमा आज नेपाल र स्कटल्याण्ड भिड्दै छन् । खेलमा टस जितेर स्कटल्याण्डले पहिला बलिङ गर्ने न्रिने गरेको छ ।

योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले पहिला ब्याटिंग गर्नेछ ।

यस अघि भएका तीन खेलमा नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको छ भने स्कटल्याण्डलाई पराजित गरेको थियो ।

तालिकामा १९ खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा अझै १७ खेल्न बाँकी छ । यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र १० खेलमा पराजय बेहोरेको थियो । त्यस्तै स्कटल्याण्डले २३ खेलमा ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *