खेलकुद

लिग–२ क्रिकेटः नेपालले स्कटल्यान्डसँग खेल्दै

काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ ।

स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले अन्तिम खेल खेल्न लागेको हो । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।

तर नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ ।

नेपाल लिग–२ को अंक तालिकामा छैटौँ स्थानमा छ । स्कटल्यान्ड दोस्रो र नामिबिया पाँचौँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *