समाचार

नामिबियासँग बदला लिने दाउमा नेपाल

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नामिबियासँग खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल आज नामिबियालाई हराउँदै बदला लिने दाउमा छ । पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । साथै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, त्यो सहज भने छैन । नामिबिया पनि नेपालमाथि लगातार दोस्रो जित चाहन्छ ।

सिरिजको पहिलो खेलमा ब्याटिङ नचल्दा नामिबियासँग स्तब्ध बनेको नेपालले दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको थियो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहाससमेत रचेको थियो ।

अंक तालिकामा नेपाल १८ खेलमा ८ मा जित र ९ मा हारसहित १७ अंकका साथ पाँचौ स्थानमा उक्लेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *