विश्व

श्रीलंकामा प्रधानमन्त्रीले लिए राष्ट्रपतिकाे शथप

कोलम्बो । भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षको राजीनामा संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रवार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यवाहक राष्ट्रपतिको शपथ लिएका छन् । श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रवार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रूपमा दिएको राजीनामा स्वीकृत भएको बताएका थिए ।

औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिङ्गापुर पुगेका गोटाबाया राजापाक्षेले हिजो राजीनामा पत्र बुझाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *