काठमाडौँ । इटलीका प्रधानमन्त्री मारियो द्राघीले राजीनामा दिएका छन् । सबैभन्दा बलियो सत्ता साझेदार रहेको लोकतान्त्रिक गठबन्धनको फाइभ स्टार पार्टीले द्राघीलाई लिएको समर्थन फिर्ता लिएसँगै उनले अल्पमतमा परेर राजीनामा दिएको बीबीसीले जनाएको छ ।
युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख समेत रहेका द्राघी फाइभ स्टार पार्टीको समर्थनमा गएको वर्ष प्रधानमन्त्री बनेका थिए । तर राष्ट्रपति सर्जियो माटारेल्लाले द्राघीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन् ।
देश धेरै सङ्कटको बीचबाट गुज्रिरहेको भन्दै आउँदो राजनीतिक चित्रको स्पष्ट संकेत संसद्ले नदिएसम्म आफूले राजीनामा स्वीकृत नगर्ने राष्ट्रपति माटारेल्लाको अडान छ ।




