काठमाडौँ । युरोपेली महिला च्याम्पियन्सिपअन्तर्गत बुधबार राति भएको खेलमा नेदरल्याण्ड्सले पोर्चुगलमाथि ३-२ गोल अन्तरको जित हात पारेको छ ।
समूह सीको खेलमा महत्वपूणर् जित हात पारेको नेदरल्याण्ड्स २ खेलबाट ४ अंकसहित समूहको शीर्षस्थानमा छ । पहिलो खेलमा नेदरल्याण्ड्स स्वीडेनसँग बराबरीमा रोकिएको थियो ।
बुधबारै भएको अर्को खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्यो । यससँगै नेदरल्याण्ड्स र स्वीडेनले समूहमा समान ४ अंक जोडेका छन् ।




