काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा स्कटल्याण्डविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपाल र स्कटल्याण्डबीचको खेल केहीबेरमा सुरु हुनेछ ।
नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउँन नेपाललाई निकै सहज छैन ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।




