काठमाडौँ । पहिलो सिजनको नेपाल टी-ट्वान्टी लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता प्रदान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गर्दै सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म नेपाल टी-ट्वान्टी लिग आयोजना घोषणा गरेको थियो ।
क्यानले यसलाई ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सार्दै घरेलु खेलाडीलाई ठूलो फाइदा हुने जनाएको छ । यसअघि विभिन्न निजी क्षेत्रबाट विभिन्न फ्रेन्चाइज लिग हुँदै आएकामा क्यानले यसपालि आफैं आयोजना गर्न लागेको हो ।




