ब्रेन्टफोर्ड । महिला युरो २०२२ मा जर्मनीले मंगलबार स्पेनलाई २-० को गोलअन्तरले पराजित गर्दै युरो २०२२ को क्वार्टर फाइनल यात्रा तय गरेको छ । जर्मन जीतमा क्लारा बुल र एलेकजान्ड्रा पपले गोल गरे ।
यसअघि आफ्नो पहिलो खेलमा डेनमार्कलाई सजिलै हराएको जर्मनीले स्पेनलाई पन्छाउन भने कडा मेहनत गर्नु परेको थियो । यो नतिजापछि समूह ‘बी’ मा जर्मनी लगातार दुई जितबाट अधिकतम ६ अंकसँगै शीर्ष स्थानमा छ ।
त्यसअघि समूहकै अर्को खेलमा डेनमार्कले फिनल्याण्डलाई १-० गोलअन्तरले हरायो । हारसँगै फिनल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।




