काठमाडौँ । युक्रेनविरुद्ध चलिरहेको युद्धमा प्रयोग गर्न रुसले इरानबाट सयौं ड्रोन खरिद गर्ने प्रयास गरिरहेको अमेरिकाले जनाएको छ ।
अमेरिकाले यी ड्रोनहरूमा हतियारको रूपमा प्रयोग गर्न सकिने ड्रोनहरू पनि समावेश गरेको बताएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले इरानले रुसलाई यी ड्रोन उपलब्ध गराएको हो कि होइन भन्ने तस्वीर स्पष्ट भइ नसकेको बताएका छन् ।
तर उनले अमेरिकाले जानकारी प्राप्त गरेको र इरानले चाँडै यी ड्रोनहरूको प्रयोगमा रूसी सैनिकहरूलाई प्रशिक्षण दिने तयारी गरिरहेको दाबी गरेका छन् ।
उनले भनेका छन्- ‘हामीलाई प्राप्त जानकारीले इरान सरकारले रुसलाई सयौं ड्रोन उपलब्ध गराउने तयारी गरिरहेको संकेत गर्छ ।’
जसरी युक्रेनमा रुसको बमबारी बढ्नु यसको संकेत भएको दाबि छ ।
सुलिभानको बयान राष्ट्रपति जो बाइडेनको इजरायल र साउदी अरबको भ्रमण सुरु हुनुभन्दा एक दिन अघि आएको हो । बाइडेनको भ्रमणका क्रममा इरानको आणविक कार्यक्रम र यस क्षेत्रका गतिविधिका बारेमा छलफल हुने विश्वास गरिएको छ ।




