समाचार

राजापाक्षेका भाइ अमेरिका भाग्न खोज्दै थिए, विमानस्थलका कर्मचारीले रोके

एजेन्सी । राष्ट्रपति गोटाबाया राजापाक्षेका भाइ बासिल राजापाक्षे सोमबार श्रीलंकामा चलिरहेको कोलाहलको बीचमा देश छोडेर अमेरिका जान खोजिरहेका थिए । तर, विमानस्थलमा अध्यागमन कर्मचारीको विरोधपछि फर्किनुपरेको थियो। एकातिर आम जनता हताश भएका बेला बासिलले अमेरिका जानका लागि १.१३ लाख श्रीलंकन ​​रुपैयाँमा बिजनेश क्लासको चार वटा टिकट किनेका थिए ।

गोताबाया राजपाक्षे देशमै छन्
अर्कोतर्फ राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाड्ने अड्कलबाजी भइरहेको छ । सभामुख महिन्दा यापाले यी अनुमानको खण्डन गरेका छन् । उनले गोटबाया देशमै रहेको बताए । महिन्दा यापाले एक अन्तर्वार्तामा राष्ट्रपति गोटबाया देश छोडेर भागेको बताएका छन् । तर, विवाद चर्किदै गएपछि उनले राष्ट्रपति देशमा रहेको भन्दै मैले गल्तीले पहिलो अभिव्यक्ति दिएको बताए ।

श्रीलंकामा जुलाई २० मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। यसअघि गोटबायाले असार १३ गते राजीनामा दिनेछन् भने साउन १५ गते संसद्को अधिवेशन बोलाइनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *