समाचार

आबेको टोकियोस्थित बौद्ध मन्दिरमा आज अन्त्येष्टि गरिदै

काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि मंगलबार टोकियोको एक बौद्ध मन्दिरमा गरिने भएको छ । शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको थियो ।

सोमबार, शिन्जो आबेको परिवार र नजिकका साथीहरूले प्रार्थना सभा गरे । उक्त बैठकमा जापानी प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेट येल्यान्डलगायत करिब साढे दुई हजार मानिस सहभागी थिए ।

शिन्जो आबेलाई पछाडिबाट गोली लागेको थियो। जापान टाइम्सका अनुसार गोली लागेका आबेको घाँटीमा चोट लागेको थियो र उनको छातीभित्र रगत बगेको थियो।

प्रहरीले घटनास्थलबाट ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार आक्रमणकारी सामुद्रिक सेल्फ डिफेन्स फोर्सका सदस्य हुन् ।

संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ। उनी नारा शहरका बासिन्दा हुन् । जापानको राज्य प्रसारक एनएचकेका अनुसार आक्रमणकारीले हातले बनाएको बन्दुकले गोली हानेको हो ।

प्रहरीले शंकास्पद आक्रमणकारीको घरमा छापा मार्दा त्यहाँबाट पनि विस्फोटक पदार्थ बरामद भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *