खेलकुद

नर्वेलाई आठ गोल गर्दै इङल्याण्ड क्वार्टर फाइनलमा

काठमाडौँ । महिला युरोपेली च्याम्पियन्सिपअन्तर्गत सोमबार राति भएको खेलमा इङल्याण्डले नर्वेमाथि ८-० गोलको फराकिलो जित हात पारेको छ ।

समूह ‘ए’ अन्तर्गतको खेलमा इङल्याण्डले महत्वपूर्ण जित दर्ता गरेको हो । यससँगै इङल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको अर्को खेलमा अष्ट्रियाले नर्दन आयरल्याण्डमाथि २-० गोलको जित दर्ता गर्‍यो ।

यससँगै समूह ‘ए’ मा इङल्याण्डले २ खेलबाट ६ अंक जोडेको छ भने अष्ट्रियाले समान खेलबाट ३ अंक हात पारेको छ । नर्वेको पनि समान ३ अंक छ । नर्दन आयरल्याण्ड भने अंकविहीन छ । चार समूहबाट २/२ टोली क्वार्टरफाइनलमा पुग्ने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *