काठमाडौं । पश्चिम नेपालका केही स्थानमा गए राति भारी वर्षा भएको छ । जाजरकोट, चौरजहारी र आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो क्षेत्र भएर बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।



