समाचार

कर्णाली प्रदेश सरकारको बजेट पारित

काठमाडौं । कर्णाली प्रदेश सरकारको बजेट पारित भएको छ ।

असार २४ गतेदेखि सुरु भएको कर्णाली प्रदेश विनियोजन विधेयक, २०७९’ अन्तर्गत मन्त्रालयगत छलफल सकिएर मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिएपछि बजेट पारित भएको हो ।

बजेट पारित गर्न सहयोग गरेको भन्दै मुख्यमन्त्री शाहीले सबैलाई धन्यवाद दिएका छन् । मुख्यमन्त्री शाहीले विनियोजन विधेयक सौहार्दपूर्ण वातावरणमा पारित भएको भन्दै सभामुख, उपसभामुख, सत्तापक्षका नेतासँगै विपक्षी दलका नेताहरुलाई समेत धन्यवाद दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *