समाचार

गुल्मीमा जीप दुर्घटना, ६ जना घाइते

काठमाडौं । गुल्मीमा जीप दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट इस्मातर्फ जाँदै गरेको ग १ ज ५८८९ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–४ मसिनापोखरी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा ६ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गम्भिर घाइते दुईजनालाई उपचारका लागि पाल्पा पठाइएको छ । अन्य घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *