विश्व

भारतमा १६ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १६ हजार ६७८ कोरोना सङ्क्रमित थपिएका छन् ।

हाल भारतमा एक लाख ३० हजार ७१३ सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०ं.३० प्रतिशत हो ।

करिब चार महिनापछि ११ दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

पछिल्लो एक दिनमा १४ हजार ६२९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ८३ हजार भन्दा बढी पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।

चौविस घण्टाको समयावधीमा कोरोना सङ्क्रमणमा २६ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार ४५० भन्दा बढीको मृत्यु भएको छ ।

चौविस घण्टाको सो अवधीमाा दुई लाख ७८ हजार २६६ कोरोना परिक्षण भएको जनाइएको छ ।

यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्व ९८ करोड ८८ लाख ७७ हजार ८६३ डोज खोप लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *