देश

भक्तपुरको एक रिसोर्टमा किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाललाई आइतबार पक्राउ गरेको छ ।

ती किशोरीलाई सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *