खेलकुद

जोकोभिच सातौं पटक विम्बल्डन च्याम्पियन

काठमाडौँ । सर्बियन खेलाडी नोभाक जोकोभिचले सातौँ पटक विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् । लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।

विश्व नम्बर एक जोकोभिचले शुरुवाती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन् । जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले ।

योसँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन् । यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन् । जोकोभिचको यो २१ औं ग्रान्डस्लाम उपाधि हो । महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *