समाचार

दक्षिण अफ्रिकाको मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु

जोहानेसबर्ग । स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनालाई अस्पताल पुर्‍याएको प्रहरीले आइतबार जनाएको हो ।

प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए ।

राजधानीको दक्षिण पूर्वमा पर्ने सोवेटो जोहानेसबर्गको सबैभन्दा ठुलो सहरी क्षेत्र हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *