मुख्य समाचार

यातायात व्यवसायी नागरिकको सेवामा सदैव समर्पित हुनुपर्छ : नगर प्रमुख खत्री

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले यातायात व्यवसाय नागरिकको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील क्षेत्र भएकाले नागरिकको सेवामा सदैव समर्पित हुन पर्ने बताएका छन । ख्वप भक्तपुर मिनिवस प्रालिद्वारा आयोजित नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छौंठौं महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष,पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा नगर प्रमुख खत्रीले उक्त कुरा बताएका हुन ।


यातायात व्यवसायीहरुका समस्याहरुलाई राज्यले समयमा सम्वोधन गर्न नसकेका कारणले यातायात व्यवसायीहरुले विभिन्न समस्या भोग्नु परेको तथ्य जागजाहेर छ नगर प्रमुख खत्रीले भने तथापि राज्यले सहयोग गरेनन भनेर यातायात व्यवसायी कहिल्यौं नागरिकलाई सेवा दिनबाट पन्छिन हुदैन । राज्यले यातायात व्यवसायीलाई उपेक्षा गरेपनि नागरिकलाई यातायात सेव सहज र सर्वसुलभ बनाउने जिम्मेवारीबाट पन्छिन नहुनेमा नगर प्रमुख खत्रीले जोड दिए ।


बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख खत्रीले यातायात व्यवसायी महासँगमा आवद्ध भएर यातायात व्यवसायी र नागरिकका समस्यका बारेमा बुझने र महसुस गर्ने अवसर पाएको अनुभव सुनाए ।


नेपाल यातायता व्यवसायी राष्ट्रिय महासंघको छौंठौं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलको प्रमुख आतिथ्यता भएको थियो ।
विशिष्ट अतिथि नेपाल यातायता व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वार, नेपाल यातायता व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार एवं पूर्व अध्यक्ष लोकेन्द्र कर्मचार्य, नेपाल यातायता व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला,नवनिर्वाचित कार्यसमितिका सदस्य तथा यातायात व्यवसायी र सरोकारवाला पक्षको उल्लेखनीय उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *