संखुवासभा। आज आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको विरुवा तुलसी मोठमा सारेर विशेष पूजा आराधना गरि हरिशयनी एकादशी मनाएका छन् ।
एक महिना अघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी) का दिन मातुलसीको मोठमा राखिएको तुलसीको दलबाट सारेर पूजा आरधाना गरी वर्तबस्ने चलन रही आएको छ । आषाढ शुक्ल एकादशी देखि कार्तिक शुक्ल एकादशीम्मका समयलाई चतुर्मास भनिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतिकको रुपमा मानिन्छ । विष्णु भगवान चीर निन्द्रामा सुतेको हुनाले आजबाट ४ महिनासम्म विवाह, ब्रतवन्ध लगायत कुनै पनि मांगलिक कार्यहरु नहुने चैनपुर स्थित ग्रामेश्वर शिव मन्दिरका पुजारी गुणनीधि सुवेदी बताउछन ।
आजकै दिनबाट तुलसी रोपण गरि हरीबोधनी एकादशी सम्म श्रद्धालुहरुले निरन्तर पूजाआरधाना गरिने समेत पूजारी सुवेदीले बताए । हरिशयनी एकादशीमा पूजाअर्चना र व्रत वस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्तहुने विश्वास रहिआएको छ । देशभर मनाइने हरिशयनी एकादशी चैनपुर स्थित वानेश्वर शिवमन्दिर, ग्रामेश्वर शिवालय, जालपा देवी शिवालय जिल्ला स्थित विभिन्न भागमा रहेको नारयणथान, विष्णु मन्दिर तथा शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
तुलसी धार्मिक रुपमामा नवजीवनलाई सत्कर्मथर्प लम्कन उर्जा प्रदान गरेको छ त्यतिनै वैज्ञानिक रुपमा पनि उत्तिकै महत्व रहेको चैनपुर आयुर्वेद शाखाका प्रमुख कविराज निरीक्षक दिनेश प्रसाद राय वताउछन । तुलसी नजिक बसेर मेडिटेशन गर्दा फाइदा पुग्नुका साथै रुघाखोकी, ज्वरो, घाटी दुखेको,स्वास्प्रश्वास जस्ता थुप्रै विरामीहरुको उपचारको लागि तुलसी उपयोगी वनस्तीको रुपमा लिइने उनले बताए । जुन घरमा तुलसी रोपिएको छ घर वरपरका नकारात्मक उर्जाहरु समेत नास भएर जाने समेत आयुर्वे शाखा प्रमुख रायले बताए ।




