खेलकुद

विम्बल्डनः महिलातर्फको उपाधि राइबाकिनालाई

काठमाडौं । ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छन् ।

शनिबार भएको फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई ३-६,६-२, ६-२ ले पराजित गरिन् ।

२३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *