समाचार

ब्लाटर र प्लाटिनीलाई ६ वर्षपछि सफाइ

काठमाडौं । विश्व फुटबलको सर्वाेच्च संस्था फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र फ्रान्सका लेजेन्ड खेलाडी माइकल प्लाटिनीले  ६ वर्षको अनुसन्धानपछि स्विस अदालतबाट सफाइ पाएका छन् । 

शुक्रबार बेलिन्जोनास्थित फेडेरल क्रिमिनल कोर्टले १७ वर्ष फिफाको अध्यक्ष रहेका ब्लाटरलाई ठगीको आरोपबाट सफाइ दिएको हो । फ्रान्स राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा व्यवस्थापक प्लाटिनी र ब्लाटर एक समय विश्वफुटबलका शक्तिशाली दिए । तर, उनीहरूले आफूविरुद्ध लागेको आरोप भने अस्वीकार गर्दै आएका थिए । 

सन् २०१५ नोभेम्बरमा दुई मिलियन स्विस ब्लाटरले प्लाटिनीलाई दिएको आरोप लगाइएको थियो । जुन घटना सन् २०११ फेब्रुअरीको थियो । यस घटनासँगै सन् २०१५ मा ब्लाटरले १७ वर्षदेखिको फिफा अध्यक्ष पद छाड्नु पर्‍याे । सन् २०१६ मा प्लाटिनी यूईएफएको अध्यक्षबाट बाहिरिए । जसलाई फिफाको भावी अध्यक्षको रुपमा लिइएको थियो ।  

स्विस कोर्टमा बाहिर संचारमाध्यमसँग बोल्दै ब्लाटरले आफू निर्दोष रहेका प्रतिक्रिया दिएका छन् । ‘म मेरो जिवनीमा निर्दाेष  छैन । तर, यो केसमा म निर्दाेष छु’, ८६ वर्षीय ब्लाटरले भनेका छन् । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *