खेलकुद

फाइनलका लागि जोकोभिच र नोरी भिड्ने

काठमाडौं।विम्बल्डनको फाइनल प्रवेशका लागि नोभाक जोकोभिच र क्यारुन नोरीले प्रतिस्पर्धा गर्ने भएका छन् ।मंगलबार राति भएको खेलमा नोरीले विश्व नम्बर ५८ का डेविड गोफिनमाथि ३-६,७-५,२-६,६-३,७-५ को जितसहित पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाएका थिए ।

जोकोभिच यानिक सिनरमाथि पुनरागमनमा ५-७,२-६,६-३,६-२,६-२ को जित सहित ११ औं पटक विम्बल्डनको सेमिफाइनल प्रवेश गरेका थिए । विम्बल्डनमा उनको यो लगातार २६औं जित हो । उनी २१औं ग्रान्ड स्लामको खोजीमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *