खेलकुद

काल्भिन फिलिप्स र सिटीबीच ६ वर्षको सम्झौता

काठमाडौं । इंग्लिस प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सलाई ४५ मिलियन पाउन्डमा सोमबार अनुबन्ध गरेको छ ।२६ वर्षीय इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई सिटीले ६ वर्षको लागि सम्झौता गरेको हो ।

फिलिप्स यस सिजन पेप ग्वार्डिओलाको  टिममा भित्रिने तेस्रो खेलाडी बने । यसअघि सिटीले फरवार्ड एर्लिन हल्यान्ड र स्टेफन ओर्टेगालाई अनुबन्ध गरेको थियो । 

‘म्यानचेष्टर सिटीसँग जोडिन पाउँदा म एकदमै खुसी छु । सिटी आफ्नो देशको एक राम्रो क्लबसमेत हो,’ अनुबन्धसँगै फिलिप्सले भनेका छन् । 

इंग्ल्यान्ड रोडमा दुई वर्षको सम्झौता अझै बाँकी रहँदा सिटी पुगेका फिलिप्सले क्लबमा २३५ खेल खेलेका थिए । 

फिलिप्सले सन् २०२२ को युरो कपमा इंग्ल्यान्ड टिमबाट डेब्यु गरेका थिए । त्यसपछि फिलिप्सको चर्चा बढेको थियो । 

फिलिप्सले सन् २०१९–२० सिजनमा मार्सेलो विइल्साको लिडरसिपमा लिड्सलाई १६ वर्षपछि च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा गराएका थिए । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *