समाचार

महिला फुटबल टोलीकी कप्तान रेनुका घाइते 

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी प्रशिक्षणको क्रममा घाइते भएकी छिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार प्रशिक्षणको क्रममा लडेपछि रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको हो ।  

मिडफिल्डर रेनुकाको आज नै शल्यक्रिया हुनेछ ।  १९औं एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी रेनुकालाई घाइते भएपछि ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा लगिएको थियो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *