समाचार

नाइजेरिया खानी आक्रमण : ३० सैनिकको मृत्यु

काठमाडौँ । खानी मजदुरको खोजीमा खटिएका सुरक्षाकर्मीमाथि बन्दुकधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा ३० जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।

चार जना चिनियाँ नागरिकसहित अन्य खानी मजदुरमाथि बुधबार भएको आक्रमण र त्यस क्रममा अपहरण गरिएकाहरूको खोजीमा खटिएका सैनिक शिरोरोमा मारिएका एक जना नाइजेरियाली सैनिक अधिकारीले बताए ।

मजदुरहरूको खोजी र उद्धारमा गएको फौजमाथि गरिएको आक्रमण निन्दा गर्दै ती अधिकारीले आफ्ना सैन्य जवानलाई गुमाउनु हृदयविदारक भएको उल्लेख गर्दै त्यसले आफूहरूलाई केही कमजोर बनाए पनि आक्रमणकारीहरूलाई ठेगान लगाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

शिरोरोका एक जना स्थानीय अधिकारीका अनुसार मोटरसाइकल र ट्रकमा खानीमा आएका बन्दुकधारीले सुरक्षाफौजमाथि अन्धाधुन्ध गोली प्रहार गरेर सात जनाको हत्या गरेका थिए भने आठ जना कामदारलाई पनि मारेका थिए । साथै उनीहरूले चिनियाँ कामदारलाई अपहरण गरेका थिए । मारिएका सर्वसाधारण खानी मजदुर भएनभएको यकिन भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *