समाचार

बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

बर्दियाको गुलरीया नगरपालिका–८ भन्सार चोकस्थित सडकमा गुलरीया नगरपालिका १६ नम्बरको टाँगाले ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साईकलयात्री गुलरीया नगरपालिका–८ सुरजपुर बस्ने ७० वर्षीय वीर बहादुर सुनार रहेका छन् । 

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बर्दिया हुँदै नेपालगंज नर्सीङहोममा थप उपचारको क्रममा मृत्यु भएको हो । टाँगा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकस्थित सडकमा लु.७९ प ५४९१ नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने ५० वर्षीय तुलसी पाठक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *