बागमती प्रदेश

चाँगुनारायणले जनायो बालमैत्री स्थानीय शासन दिगोपनाका लागि सामुहिक प्रतिवद्धता

चाँगुनारायणमा बालमैत्री स्थानीय शासन दिपोपनाका लागि अभिमुखिकरण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले बालमैत्री स्थानीय शासन दिपोपनाका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुलाई लक्षित गरेर बालमैत्री स्थानीय शासन दिपोपनाका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।


अभिमुखी करण कार्यक्रमको उद्घाटन नगर प्रमुख जीवन खत्रीले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर प्रमुख खत्रीले बालमैत्री स्थानीय शासन घोषणा पश्चात नीतिगत कार्यान्वयन तथा दिगोपनाका लागि सघाउ पुग्ने कुरामा जोड दिए ।


चागुनारायण नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा पश्चात नीतिगत कार्यान्वयन तथा दिगोपनाका लागि सामुहिक प्रतिवद्धता समेत जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *