काठमाडौँ । भारत र ईङल्याण्डबीचको गतबर्ष स्थगित भएको टेस्ट सिरिजको पाँचौ खेलमा भारतले पहिलो इनिङमा ४१६ रन बनाएको छ ।
शुक्रबारदेखि शुरु भएको यस टेस्टमा इङल्याण्डले टस जितेर पहिला बलिङ गरेको थियो ।
टस हारेर पहिला ब्याटिंग गरेको भारतले ४१६ रन बनाएको छ । भारतका लागि ऋषव पन्तले १४६ रन बनाएका थिए भने रविन्द्र जडेजाले १०४ रन बनाएका थिए । त्यस्तै कप्तान जसप्रित बुमराहले ३१ रन बनाए भने भारतका लागि शुभमन गिलले १७, चैतेश्वर पुजाराले १३, हनुमा विहारीले २०, विराट कोहलीले ११, श्रेयस अय्यरले १५ रन बनाएका थिए ।
त्यसैगरी इङल्याण्डका बलर जेम्स एण्डरसनले ५ विकेट लिएका छन् भने माथ्यु पोट्सले २, कप्तान बेन स्टोक, स्टुअर्ट ब्रोड र जो रुटले एक एक विकेट लिएका छन् ।
यस सिरिजको पहिलो खेल ड्र भएको थियो भने दोस्रो र चौथो खेल भारतले जितेको थियो । त्यस्तै तेस्रो खेल ईङल्याण्डले जितेको थियो । सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।




